राजनीति गर्ने काम सजिलो छैन : माधव नेपाल

नेपाल कम्युष्निट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री मावधकुमार नेपालले राजनीतिक यात्रा सजिलो नभएको बताएका छन्।

शुक्रबार ललितपुरमा ‘स्नेहलता जीवन कथाका पानाहरू’ जीवन संस्करण पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले पुराना महिला योद्धाहरूलाई राजनीति गर्न धेरै गाह्रो भएको स्मरण गर्दै अहिले पनि राजनीति गर्ने काम सजिलो नभएको बताए। अध्यक्ष नेपालले अझै पनि राजनीति सजिलो रूपमा गर्न सम्भव नभएको बताए।

उनले राजनीतिमा धेरै चुनौतीको सामना गर्नुपर्ने बताए। अध्यक्ष नेपालले जनताको सेवा गर्ने, समाज परिर्वतन गर्ने र देशको गरिमालाई माथि उठाउने पुराना योद्धाहरूको आचरण अनुरूपमा राजनीतिक उदेश्य राख्नुपर्ने बताए।

अध्यक्ष नेपालले पुराना योद्धाहरूबाट प्रेरणा लिन, सम्मान गर्न र उनीहरूको योगदानको प्रशंसा गर्न सकेमात्र इतिहासको कदर गरेको ठहरिने बताए। उनले अहिलेका राजनीतिक नेतृत्वले इतिहासको कदर गर्नसके मात्रै भविष्यले वर्तमानको कदर गर्ने उल्लेख गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर