सत्ता सञ्चालनको कुरा दिल्लीमा होइन, जनताको बीचमा हुनुपर्छ : बिजुक्छे

नेपाल किसान मजदुर पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेले अहिलेको सत्तारूढ दलहरू जनताको विरुद्धमा गएको आरोप लगाएका छन्।

शुक्रबार पोखरामा पत्रकारसँग भेटघाट कार्यक्रममा उनले सो आरोप लगाएका हुन्।

उनले राजनीतिक पार्टीहरू चुनावअघि जनतामाझ लगेका घोषणापत्र कार्यान्वयन गर्नमा नलागेको बताए। अध्यक्ष बिजुक्छेले चुनावमा गठबन्धन गर्नुभन्दा पहिले चुनावी घोषणापत्र आवश्यक रहेको बताए।

उनले चुनावलाई कसरी लैजाने? देशमा ती पार्टीहरूको बहुमत आयो भने, सरकारमा गयो भने के काम जनताका निम्ति गर्ने? त्यो स्पष्ट भाषामा आउन जरुरी रहेको बताए। उनले अहिलेका कम्युनिष्ट पार्टीहरू जनताको अभिमतलाई कुल्चिएर, जनताको आदेशलाई उल्लंघन गरेर कहिले कांग्रेससँग र कहिले राप्रपासँग मिल्ने गरेको भन्दै यो सिद्धान्तविपरीतको कुरा भएको बताए।

अध्यक्ष बिजुक्छेले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै सत्ता सञ्चालनको कुरा दिल्लीमा नभइ जनताको बीचमा हुनुपर्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर