विचार मिल्ने शक्तिहरूसँग चुनावी तालमेल हुनसक्छ : बाबुराम भट्टराई

नवगठित नेपाल समाजवादी पार्टीका नेता एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनता समाजवादी पार्टी, नेपाल (जसपा) जातीय/क्षेत्रीय संकीर्णताको बाटोमा पतन हुने अवस्था आएपछि नयाँ पार्टी पुनर्गठन गर्नु परेको बताएका छन्।

नेता भट्टराईले जसपाले देश र जनताको हित गर्न नसक्ने र यो पार्टी जातीय/क्षेत्रीय संकीर्णताको बाटोमा जाने निष्कर्षसहित आफूहरूले मुलुकको वैकल्पिक राजनीतिक शक्ति निर्माणको ध्येय पूरा गर्न नयाँ पार्टी पुनर्गठन गर्न बाध्य हुनुपरेको बताएका हुन्।

ललितपुरको बालकुमारीमा शनिबार सुरु भएको पार्टी केन्द्रीय समितिको प्रथम बैठकमा बोल्दै उनले पार्टीको वैधानिकतालाई पूरा गर्दै आगामी कार्यभार तय गर्ने बैठकको मूल एजेन्डा रहेको पनि स्पष्ट पारे।

नेता भट्टराईले आगामी निर्वाचनमा नजिकका विचार मिल्ने राजनीतिक शक्तिहरूसँग चुनावी तालमेल र गठबन्धनका लागि प्रयास गर्ने पनि बताए। जनताका मुद्दाहरूलाई चुनावको क्रममा महत्त्वपूर्ण ढंगले उठाउने उल्लेख गर्दै उनले ती विषयहरूमा गम्भीर छलफल गरी पार्टीको केन्दी्रय समिति बैठकले आवश्यक निर्णय लिने बताए।

नेता भट्टराईले आफ्नो पार्टीले समावेशिता, संघीयता, सुशासन, समृद्धि र समाजवादको लक्ष्य प्राप्त हुन सक्छ भन्ने मान्यता अघि सारेको उल्लेख गर्दै त्यसलाई पूरा गरी मुलुकको वैकल्पिक राजनीतिक शक्ति बन्ने विश्वाससमेत व्यक्त गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर