मन्त्रालयसँग सम्बन्धित क्षेत्र उत्साहित हुनेगरी काम गर्छु : मन्त्री कुवँर

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आफ्नो मन्त्रालयसँग सम्बन्धित क्षेत्र उत्साहित हुनेगरी आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मन्त्री कुँवरले मन्त्रीको रूपमा आफूले पाएको जिम्मेवारी अस्थायी भए पनि सो पदमा बसुन्जेल सम्बन्धित क्षेत्रलाई उत्साहित तुल्याउने गरी काम गर्ने बताएका हुन्।

राष्ट्रिय नागरिक विकास समाजले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपाल राष्ट्र र नेपाली जनताको हितका लागि आफूले सक्दो योगदान पुर्‍याउने आश्वासनसमेत दिए। मन्त्री कुँवरले सरकारलाई सही बाटोमा हिँडाउने काममा नागरिक समाजका अगुवाहरूको भूमिका महत्त्वपूर्ण हुने विश्वाससमेत व्यक्त गरे।

मन्त्री कुँवरले देश र जनताको हितमा सबैले आ–आफनो क्षेत्रबाट योगदान पुर्‍याउन जरुरी रहेको पनि बताए। सामाजिक क्षेत्रका विविध विषयका विज्ञहरूको राय र सुझावको आधारमा आफूले कार्यसम्पादन गर्ने उनको भनाइ थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर