‘अबको चुनावबाट निर्वाचित भएर आउने जनप्रतिनिधिले बेरोजगारी समस्या समाधानको आधार खोज्नुपर्छ’

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज ‘अथक’ले प्रदेशसभा र प्रतिनिधि सभाबाट निर्वाचित भएर आउने जनप्रतिनिधिहरूले मुलुकको विद्यमान बेरोजगारी समस्या समाधानको आधार खोज्नुपर्ने बताएका छन्।

मन्त्री गहतराजले मुलुकमा विद्यमान बेरोजगारी समस्या, गरिबी, अभाव र अनिकालका समस्याहरू समाधानका लागि प्रदेश सभा र प्रतिनिधि सभाबाट आउने नयाँ जनप्रतिनिधिहरूले प्रयास गर्नुपर्ने बताएका हुन्।

राष्ट्रिय युवा परिषद्ले शनिबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकमा विद्यमान बेरोजगारी समस्या समाधानका लागि प्रकृतिले नै अवसर दिएको उल्लेख गर्दै युवाहरूलाई निराश नहुन पनि आग्रह गरे। पर्यटन र ठूला उद्योगधन्दा, कलकारखानाको स्थापना गरेर पनि मुलुकमा विद्यमान बेरोजगारी समस्या समाधान गर्न सकिने मन्त्री गहतराजको भनाइ थियो।

मन्त्री गहतराजले मुलुकको विकास र समृद्धिका लागि वैदेशिक रोजगारबाट फर्केका युवाहरूको ज्ञान, सीप र अनुभव उपयोग गरेर अघि बढ्ने गरी सरकारले आवश्यक गुरुयोजना तय गरेर अघि बढ्ने आश्वासनसमेत दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर