संसद्बाट प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो

प्रतिनिधि सभाले प्रधानन्यायाधीश चालेन्द्र समशेर जबराबिरुद्धको महाभियोग प्रस्तावलाई महाभियोग सिफारिस समितिमा पठाएको छ ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा महाभियोग प्रस्तावको सम्बन्धमा छलफल भएको थियो ।

छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले महाभियोग प्रस्ताव प्रतिनिधि सभाले यसअघि नै गठन गरेको महाभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव पेस गरेका थिए । सभामुख सापकोटाको प्रस्ताव प्रतिनिधि सभाको बहुमतले स्वीकृत गरेको छ ।

प्रतिनिधि सभाको आगामी बैठक २४ गते मंगलबार बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *