मौद्रिक नीतिबाट व्यवसायी तथा बैंकर्सहरू निराश हुनुपर्दैन : डेपुटी गभर्नर मिश्र

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले मौद्रिक नीतिपछि उद्योगी व्यवसायी तथा बैंकर्सहरू निराश हुनुपर्ने अवस्था नभएको बताएका छन् । आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै डेपुटी गभर्नर मिश्रले यस्तो बताएका हुन् ।

उनले उद्योगी व्यवसायी तथा बैंकर्सहरूले मौद्रिक नीतिपछि सबै क्षेत्र खत्तम भयो भन्ने स्थिति नभएको बताए । मिश्रले एक जना मान्छे सामान्य बिरामी भएर अस्पतालमा गयो भन्दैमा आईसीयूमा हाल्न नहुने बताए ।

उनले उद्योगी, व्यवसायी र बैंकर्सहरूलाई अहिलेको मौद्रिक नीतिलाई नराम्रो तरिकाबाट नहेर्न आग्रह गरे । डेपुटी गभर्नर मिश्रले राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदा सबै क्षेत्रका सुझाव लिएर सुझावको आधारमा नै नीति ल्याएको दाबी गरे ।

उनले मौद्रिक नीति वर्तमान अर्थतन्त्रमा देखिएको समस्याको सतप्रतिशत समाधान गर्ने सञ्जीवनी बुटी नभएको बताए । मिश्रले अर्थतन्त्र बुझेका विज्ञहरूले सीआरआर अनुपात ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत बनाउँदा राष्ट्र बैंकले मार्न खोज्यो भन्नु बुझेर पनि नबुझेको जस्तो गरेको देखिएको बताए।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मौद्रिक नीतिले ७ प्रतिशत मूल्यवृद्धि कायम राख्न असम्भव रहेको बताए । उनले मौद्रिक नीतिमा ८ प्रतिशतको ग्रोथ रेट र मूल्यवृद्धिलाई ७ प्रतिशतमा सीमित राख्ने लक्ष्य महासंघलाई वास्तविक नलागेको बताए ।

अध्यक्ष गोल्छाले मौद्रिक नीतिले बैंकको ब्याजदर वृद्धि हुने भएकाले कर्जाको माग कम हुने बताए । अध्यक्ष गोल्छाले मौद्रिक नीतिले जीडीपी ग्रोथ रेट र मूल्य वृद्धिको लक्ष्य लिए पनि त्यो निजी क्षेत्रलाई वास्तविक नलागेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर