असमान तलब वृद्धिका विरुद्ध नासुहरूले दिए अर्थ मन्त्रालयमा धर्ना

असमान ढंगले कर्मचारीको तलब बढाएको भन्दै नासुहरूले अर्थ मन्त्रालयमा धर्ना दिएका छन् ।

सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालय अगाडि काठमाडौं, भक्तपुर र ललितपुरका नायब सुब्बाहरूले कर्मचारीको तलब समान ढंगले बढाउन माग गर्दै धर्ना दिएका हुन् ।

आइतबार सार्वजनिक भएको तलबमानमा बजेटको घोषणाविपरीत तलब बढाइएको भन्दै नायब सुब्बा र त्यसभन्दा तल्लो तहका कर्मचाहरू आन्दोलनमा उत्रिएका छन् ।

यस विषयमा आन्दोलित कर्मचारी र अर्थ मन्त्रालयका अधिकारीहरूबीच छलफल भइरहेको र आफ्ना माग पूरा नगरे मंगलबारबाट झनै सशक्त रूपमा आन्दोलनका कार्यक्रम गर्ने आन्दोलित जिल्ला प्रशासन कार्यालय काठमाडौंका नायब सुब्बा गोविन्दप्रसाद कोइरालाले बताए ।

उनले सुब्बाभन्दा माथिका कर्मचारी र सुब्बासहित त्योभन्दा तल्लो स्तरका कर्मचारीको तलबमा असमान वृद्धि भएको भन्दै आन्दोलनमा उत्रिएको बताए । उनले नासुलाई घृणित र अपमानित व्यवहार गरेको बताए ।

आन्दोलनमा उत्रिएका कर्मचारीहरूले सरकारले चोर बाटोबाट तलब वृद्धि गरेको भन्दै समान तलब वृद्धिको माग गर्न अर्थ मन्त्रालय घेराउ गर्नुपरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *