‘राजनीतिलाई दुहुनो गाई ठान्ने प्रवृत्ति छ, दुईपटक चुनाव जितेकालाई टिकट नदिऔं’

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले प्रतिनिधि सभाको बैठक राखेर राज्यको दोहन गरिएको बताएका छन् ।

सोमबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै उनले सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणा गरेपछि सांसदहरूको कार्यकाल समाप्त भएको बताए । उनले कार्यकाल समाप्त भएका सांसदहरूको नाममा बैठक राखेर राज्यको दोहन नगर्न आग्रह गरे ।

संविधानले सभामुख र उपसभामुखको पद अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म मात्र कायम रहने उल्लेख गरेको भन्दै उनले संविधानअनुसार सभामुख र उपसभामुख बाहेकका सांसदहरूको कार्यकाल समाप्त भयो भनेर बुझ्नुपर्ने बताए ।

उनले निर्वाचनको मिति घोषणा गरेपछि सरकार, प्रतिनिधि सभा र प्रदेश सभा काम चलाउ भएकाले दीर्घकालिन महत्त्व राख्ने र प्रभाव पार्ने कुनै निर्णय नगर्न तथा नीति तथा कानुन नबनाउन सरोकारवाला निकायको ध्यानाकर्षण गरा ।

राष्ट्रिय सभा सदस्य देवकोटाले राजनीतिलाई दुहुनो गाई ठान्ने घातक प्रवृत्ति रहेको टिप्पणी गर्दै यस्तो प्रवृत्तिको अन्त्यका लागि लगातार दुईपटक निर्वाचनमा विजयी भएकाहरूलाई तेस्रोपटक टिकट नदिन प्रमुख राजनीतिक दलहरूलाई आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर