परराष्ट्रमन्त्री खड्का आज चीन जाँदै

परराष्ट्रमन्त्री नारायण खड्का ३ दिने भ्रमणका लागि मंगलबार त्यसतर्फ प्रस्थान गर्दै छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्र मन्त्री खड्का ११ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेका हुन् ।

उनले चिनियाँ समकक्षी वाङसँग बुधबार चीनको सान्तोङ प्रान्तको छिङ्ताओमा भेट्ने कार्यक्रम छ।

गत असारमा शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि पहिलो पटक चीनतर्फ उच्चस्तरीय भ्रमण हुन लागेका हो ।

गत मार्च महिनामा चिनियाँ विदेशमन्त्री वाङले नेपाल भ्रमण गरेका थिए।

अमेरिका र चीनबीच ताइवानको विषयलाई लिएर तनाव बढ्दै गएका समयमा परराष्ट्रमन्त्री खडकाको चीन भ्रमण हुन लागेको हो।

अमेरिकी सभामुख न्यासी पेलोसीले ताइपेइको भ्रमण गरेपछि आक्रोसित भएको चीनले त्यस यता ताइवानलाई घेराबन्दी गरेर युद्ध अभ्यास गर्दै आएको छ ।
भ्रमणपछि तनाव बढ्दै गर्दा नेपालले एक चीन नीति प्रति प्रतिवद्ध रहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *