निजामती कर्मचारीको बनावट र वितरण त्रुटिपूर्ण : हृदयेश त्रिपाठी

प्रतिनिधि सभा सांसद हृदयेश त्रिपाठीले नेपालको निजामती कर्मचारीको बनावट र वितरण त्रुटिपूर्ण रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा समय माग गर्दै सांसद त्रिपाठीले नेपालको निजामती कर्मचारीको बनावट र वितरण त्रुटिपूर्ण रहेको बताएका हुन् । उनले नयाँ निजामती कर्मचारी ऐन नल्याएसम्म कुनै पनि सरकार लोकप्रिय नहुने दाबी गरे ।

सांसद त्रिपाठीले कर्मचारी समायोजन भएर गएका कर्मचारीलाई कर्मचारी मान्ने कि नमान्ने कुरामा समेत दुविधा रहेको बताए । उनले निजीमती ऐन नबनेसम्म यस्तो दुबिधा रहिरने जिकिर गरे ।

त्रिपाठीले प्रदेश सचिव प्रशासकीय अधिकृत खटाउने व्यवस्था हचुवा भएको बताए । उनले शासन प्रसाशनको महत्त्वपूर्ण ऐन, निजामती कर्मचारी ऐन कहाँ अल्झिएको हो भन्ने कुरा अहिलेसम्म खोजी हुन नसकेको बताए । निजामती कर्मचारी ऐन जारी नभएकाले सुशासनभन्दा पनि शासन गर्नसमेत अफठ्यारो भएको उनले ।

सांसद त्रिपाठीले सरकारले गरेको कर्मचारीहरूको तलबमान वृद्धिमा दुबिधा देखिएको बताए । उनले राजपत्र अनंकित कर्मचारीहरू १५ प्रतिशत राजपत्रांकित कर्मचारीहरूलाई २४ देखि २६ प्रतिशत तलब वृद्धि हुने देखिएको बताए ।

त्रिपाठीले तलब वृद्धिमा दुबिधा रहेकाले नायव सुब्बाहरूले आन्दोलन गरेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले सरकारले जसलाई कम चाहिने हो उसलाई बढी र जसलाई बढी चाहिने हो उसलाई कम दिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *