काठमाडौंको फोहोर चार दिन व्यवस्थापन गर्न नसके बस्न सक्ने अवस्था छैन : निरादेवी जैरु

नेकपा (एकीकृत समाजवादी) की सांसद निरादेवी जैरुले काठमाडौंको फोहोर चार दिन व्यवस्थापन गर्न नसके बस्न नसक्ने अवस्था आउने बताएकी छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा समयमा माग गरेर बोल्दै सांसद जैरुले यस्तो बताएकी हुन् । उनले काठमाडौंको फोहोर व्यवस्थापनको लागि काठमाडौं महानगरका मेयर मात्रै नभएर संघीय सरकारको सम्बन्धित मन्त्रालय पनि लाग्नुपर्ने बताइन् ।

उनले फोहोर व्यवस्थापनको कार्य यथाशीघ्र गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘काठमाडौंको फोहोर काठमाडौंका मेयरलाई जिम्मा लगाएर हुन्छ ? संघको सम्बन्धित मन्त्रालय यथाशीघ्र बसेर यसलाई निवारण दिएन फोहोर व्यवस्थापन हुुन सक्दैन । अहिले पानी परिरहेको छ । चार दिन घाम लाग्यो भने बस्न सक्ने अवस्था छैन ।’

सांसद जैरुले दलित समुदायका नागरिकलाई नागरिकता वितरण गर्दा नागरिकतामा अपमान गरेर कुकुर, कुकुर्नीजस्ता नाम राख्ने प्रशासकीय अधिकृतहरूलाई निलम्बन गर्न पनि सरकारसँग माग गरिन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर