एउटा व्यक्ति एउटै निर्वाचन क्षेत्रबाट दुईपटक मात्रै उम्मेदवार हुन पाउने व्यवस्था गर्न माग

नेकपा (एमाले) की सांसद विन्दा पाण्डेले अगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्येक दलले लैंगिक आधारमा समानुपातिक संख्यामा उम्मेदवारी दिने व्यवस्था गर्न माग गर्नुभएको छ ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा आगामी प्रदेश सभा र संघीय संसद्को निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउन आवश्यक भएको भन्ने जरुरी सार्वजनिक महत्त्वको विषयमा कानुनमन्त्रीको ध्यानाकर्षण गराउँदै सांसद पाण्डेले यस्तो बताएकी हुन् ।

उनले आगामी स्थानीय तह निर्वाचनमा पनि प्रमुख र अध्यक्ष, उपप्रमुख र उपाध्यक्ष, वडा अध्यक्ष, जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमा हरेक दलले कम्तीमा ५० प्रतिशत महिला उम्मेदवारीको व्यवस्था गरिनुपर्ने बताइन् । त्यस्तै दलित महिला सदस्यको उम्मेदवारी नपरेको अवस्थामा सो स्थान रिक्त नराखी अन्य कुनै सीमान्तकृत तथा अल्पसंख्यक समुदायको महिलाले उम्मेदवारी दिनसक्ने व्यवस्था गर्नुपर्ने उनले बताइन् ।

सांसद पाण्डेले संघीय संसद् र प्रदेश सभा दुवैमा एउटा व्यक्ति एउटै निर्वाचन क्षेत्र र एउटै निर्वाचन प्रणालीबाट निरन्तर बढीमा दुई पटक मात्रै उम्मेदवार हुनसक्ने व्यवस्था गर्नुपर्ने बताइन् । त्यस्तै स्थानीय तहका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष र जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखको लागि पनि एउटै व्यक्ति, एउटै पदमा बढीमा दुई पटक मात्र निर्वाचित हुनसक्ने व्यवस्था गरिनुपर्नेमा उनले जोड दिइन् ।

उनले मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अगावै निर्वाचनसम्बन्धी कानुनलाई संशोधन गरेर सो प्रावधानहरू ल्याउन माग गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर