‘महिलालाई प्रत्यक्ष उम्मेदवार बनाउने कुरामा दलहरूकै व्यवहार विभेदपूर्ण छ’

नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले महिलाहरु समानुपातिकमा मात्र नभइ प्रत्यक्ष चुनावमा उम्मेदवार बन्नपनि तयार र सक्षम रहेको बताएकी छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले प्रत्यक्षमा उम्मेदवारी दिँदा प्रत्येक दलले जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्वबमोजिम महिला उम्मेदवारी दिनुपर्नेछ भन्ने व्यवस्था कानुनमा नै बाध्यकारी बनाउनुपर्ने बताइन् ।

सांसद शाहीले महिलालाई प्रत्यक्ष उम्मेदवार बनाउने कुरामा दलहरूको व्यवहार आफैं विभेदपूर्ण रहेको बताइन् । उनले आगामी निर्वाचनमा महिलालाई प्रत्यक्ष निर्वाचनमा उठाएर विजयी सुनिश्चित गर्नुपर्ने माग गरिन् ।

सांसद शाहीले गत स्थानीय तहको निर्वाचनमा सत्तारूढ दलहरूले गठबन्धन गरेर जाँदा महिला उम्मेदवारी अनिवार्य नभएको उल्लेख गर्दै आगामी संघ र प्रदेशको निर्वाचनमा प्रत्यक्षमा महिला उम्मेदवार संविधानबमोजिम सुनिश्चित गर्नुपर्ने बताइन् ।

सांसद शाहीले कानुनले नै बाध्यकारी बनाउने हो भने दलहरूले महिलालाई उम्मेदवार बनाउने निश्चित रहेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *