आम निर्वाचनका लागि एमालेले गरायो दल दर्ता

नेकपा (एमाले)ले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोलीले मंगलबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेर प्रदेश सभा र प्रतिनि धिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएको हो ।

संविधान र कानुनी व्यवस्थाअनुसार आगामी मंसीर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गराउने काम गरिएको महासचिव पोखरेलले जानकारी दिए । उनले आफ्नो पार्टी दल दर्ता गरेसँगै सो निर्वाचनको तयारीमा पनि विधिवत रूपमा प्रवेश गरेको बताए ।

महासचिव पोखरेलले एकपटक दर्ता भइसकेको दल पटकपटक हरेक निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता गराउने कुरा आवश्यक नभएको प्रतिक्रियासमेत दिए ।

निर्वाचन आयोगले आगामी मंसीर ४ गते आइतबारका दिन हुने सो निर्वाचन प्रयोजनका लागि यही साउन ३१ गते कार्यालय अवधिभित्र सबै राजनीतिक दलहरूलाई दल दर्ताका लागि आह्वान गरेको थियो । सोहीअनुसार एमाले महासचिव पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली, विष्णु रिमालसहितका नेताहरूले निर्वाचन आयोग पुगेर दल दर्ता गराएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *