निर्वाचन क्षेत्रहरूमा महिलालक्षित रिजर्भ सिट व्यवस्था गर्न माग

नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले निर्वाचन क्षेत्रहरूमा महिलालक्षित रिजर्भ सिटको व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सांसद राजभण्डारिले संविधानले एक तिहाई महिलाहरू नै हुनुपर्छ भन्ने कुरा गरेको उल्लेख गर्दै निर्वाचन क्षेत्रमा महिलालाई रिजर्भ सिटको व्यवस्था गर्न माग गरे । उनले जातीय दृष्टिकोणले क्लस्टरको आधारमा जुन ठाउँमा बेसी छ, त्यो क्लस्टरको आधारमा सिट रिजर्भ हुनुपर्ने व्यवस्था हुनुपर्ने बताए ।

उनले एकै जातीको एकाधिकार सबैतिर नहोस् भन्ने कुरालाई ध्यानमा राखेर अघि बढ्न र कानुन निर्माण गर्न आवश्यक रहेको बताए । उनले लामो समयसम्म संसद्मा उपसभामुख खाली रहँदा र मन्त्रिपरिषद्मा एक तिहाई महिला सदस्यहरू नहुँदासमेत महिला सांसदहरूले केही नबोलेको उल्लेख गर्दै निर्वाचनको मुखमा आएर समानुपातिकको कुरा गरिरहेको बताए ।

उनले सबै क्षेत्रमा र परिस्थितिमा महिलाहरूले समानता, कर्तव्य र अधिकारको बारेमा आवाज उठाउनुपर्ने बताए । सांसद राजभण्डारीले संसद्मा एकै परिवारका श्रीमान्, श्रीमती नै सांसद रहेको भन्दै यसलाई समानुपातिक भन्न नसकिने बताए ।

सांसद राजभण्डारीले अधिकारसँगै कर्तव्य र समानतासँगै सबै पक्षको कुराहरू समेटेर अघि बढ्न आवश्यक रहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर