अर्थतन्त्रमा बल पुग्नेगरी वनको सदुपयोग गर्न जरुरी छ : ओली

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अर्थतन्त्रमा बल पुर्‍याउने गरी वनको सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपालमा वनको बहुआयाम रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसको सदुपयोग गरेर मुलुकमा रोजगारीको अवसर सिर्जना गर्न सकिने, विकास र समृद्धिको अभियानलाई तीव्रताका साथ अघि बढाउन सकिने पनि बताए ।

सामुदायिक वन दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालले सामुदायिक वनमार्फत विश्वलाई सकारात्मक योगदान पुर्‍याएको पनि स्पष्ट पारे ।

सामुदायिक वनको अवधारणाको माध्यमबाट नै नेपालमा वनको विनाश रोकिएको र त्यसैकारण कार्बन व्यापारको सम्भावनाको मार्ग पनि खुलेको अध्यक्ष ओलीले स्मरण गराए ।

अध्यक्ष ओलीले नेपाल वन र वनस्पतिहरूका लागि अनुकूल भूमि भएको उल्लेख गर्दै यसैको सदुपयोग गरेर अघि बढ्दा सिंगो मानव जातिकै हित हुने धारणा पनि राखे । उनले केही समयअघि वैज्ञानिक वन व्यवस्थापनको नाममा वन विनाशको काम सुरु भए पनि आफू नेतृत्वको सरकारले त्यसलाई रोकेर दिगो वन व्यवस्थापनको नीति अघि सारेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर