‘आफैंसँग साझेदारी गरिरहेको सञ्चार माध्यमसँग निर्वाचन आयोगले स्पष्टीकरण लिनुपर्ने अवस्था नआओस्’

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा सबै उम्मेदवारहरूको समान हैसियत हुनेगरी समाचार प्रसारण तथा प्रकाशन गर्न सञ्चार माध्यमहरूलाई आग्रह गरेका छन् ।

विगतमा कतिपय अवस्थामा राजनीतिक दल र तिनका उम्मेदवारहरूलाई निर्वाचनको सिद्धान्तविपरीत फरकफरक हैसियत हुनेगरी समाचार प्रेषित हुने गरेको पाइएको उल्लेख गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा त्यस्तो विभेद नगरी समाचार प्रसारण तथा प्रकाशन गर्न सञ्चार माध्यमलाई आग्रह गरेका हुन् ।

स्थानीय तह निर्वाचन २०७९ को प्रगति समीक्षा गर्नका लागि मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफैंसँग साझेदारी गरिरहेको सञ्चार माध्यमसँग निर्वाचन आयोगले स्पष्टीकरण लिनुपर्ने अवस्था आउन नदिन पनि सञ्चार माध्यमहरूलाई सचेत गराए । उनले स्थानीय तह निर्वाचनमा जस्तो मतदातालाई समस्या हुने खालको मतपत्र प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा नहुने पनि स्पष्ट पारे ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनसम्बन्धी सूचना प्रसारण तथा प्रकाशन गर्दा पनि समाचार माध्यमहरूले सबै राजनीतिक दल र तिनका उम्मेदवारहरूलाई समान हैसियत अनुसारको व्यवहार गर्नुपर्ने बताए ।

प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन आगामी मंसिर ४ गते आइताबार हुँदैछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर