उद्योग परिसंघकाे आयोजनामा सीएनआई रोजगार तथा सीप मेला हुँदै

नेपाल उद्योग परिसंघले कात्तिक १७ गते देखि २० गतेसम्म सीएनआई रोजगार तथा सीप मेला गर्ने भएको छ ।

परिसंघले मंगलबार पत्रकार सम्मेलन गरी आगामी कात्तिक १७ गतेदेखि २० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सीएनआई रोजगार तथा सीप मेला–२०२२ हुने जानकारी दिएको हो । चार दिने मेलामा २ सय भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरू सहभागी हुने परिसंघले बताएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै परिसंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारले मेलामा सीप विकाससम्बन्धी विभिन्न विषयमा वृहत् छलफल हुनुका साथै सीपको विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूबाट प्रस्तुतिसमेत रहने बताए । उनले मेलमा आफ्नो क्षमताअनुसारको कामका लागि कम्पनीहरूसँग सम्र्पक तथा छलफल गर्न सकिने बताए ।

अधिकारीले मेलामा कर्पोरेट हाउस, नवप्रवर्तन शैक्षिक संस्थाका विद्यार्थीहरू, सेवा तथा उत्पादनमूलक उद्योगहरू, निजी, सार्वजनिक तथा सरकारी अधिकारीहरूसमेत गरी ५० हजारभन्दा बढी व्यक्तिहरूले अवलोकन गर्ने अपेक्षा रहेको बताए ।

परिसंघले मेलाबाट बजारमा सीपको उपलब्धता र सीपको आवश्यकताबीचको अन्तर बुझ्दै सम्भावित कर्मचारी र रोजगारदाताबीचको खाडल कम हुने विश्वास व्यक्त गरेको छ । सरकार तथा अन्य सरोकारवालाहरूलाई रोजगारदाता र रोजगारीको खोजीमा रहेकाहरूको आवश्यकता कम हुने र नेपालमा विश्वस्तरीय जनशक्ति सिर्जना गर्न नीति र पाठ्यक्रमको आवश्यकताहरूको समेत पहिचान हुने विश्वास लिएको छ ।

नेपालमा हरेक वर्ष ५ लाख व्यक्तिहरु रोजगारीको खोजीमा हुने गरेको परिसंघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *