संसद् अधिवेशन अझै केही समय चल्छ, कानुनहरू बन्छन् : मन्त्री शर्मा

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले चालु संसद् अधिवेशन अझै केही समय चल्ने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री शर्माले चालु संसद् अधिवेशन केही समय अझै चल्ने बताएका हुन् । उनले यो संसद्ले धेरै कानुनहरू बनाउन बाँकी रहेको उल्लेख गर्दै सम्भव भएसम्मका कानुनहरू बनाइने बताए ।

मन्त्री शर्माले राज्यको विभिन्न क्षेत्रमा अझै पनि सकारात्मक विभेद आवश्यक रहेको बताए । उनले राजनीतिक क्षेत्रको अलावा लोकसेवा आयोगले समेत सकारात्मक विभेदको व्यवस्था गरेको भन्दै अरू ठाउँहरूमा पनि सकारात्मक विभेद गर्नुपर्ने बताए ।

उनले हरेक कानुनहरू लैंगिक समतायुक्त बनाउनुपर्ने बताए । मन्त्री शर्माले महिलाको मर्यादालाई अवमूल्यन गर्ने हानिकारक सामाजिक अभ्यास र कुप्रथाविरुद्ध अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर