सरकारले राम्रो काम गर्दा पनि एमालेले साथ दिएन : जितेन्द्रनारायण देव

सत्तारूढ नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले सरकारले राम्रो काम गर्दा पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले साथ नदिएको गुनासो गरेका छन् ।

बुधबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै पूर्वमन्त्रीसमेत रहेका सांसद देवले निष्पक्ष ढंगले स्थानीय तह निर्वाचन सम्पन्न हुनु, महिला हिंसाविरुद्धको ऐन संशोधान हुनु, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा हुनु, नागरिकतासम्बन्धी ऐन संशोधन हुनु सरकारको ऐतिहासिक काम भए पनि एमालेले साथ नदिएको बताएका हुन् ।

उनले एमालेलाई सरकारप्रति नकारात्मक भावमात्रै राखेर अघि नबढ्न पनि आग्रह गरे । लोकतन्त्रमा प्रतिपक्ष दल भनेको रचनात्मक हुनुपर्ने उल्लेख गर्दै सांसद देवले सकारात्मक सोच लिएर आउन पनि प्रमुख प्रतिपक्ष दल एमालेलाई आग्रह गरे ।

सांसद देवले मुख्य राजनीतिक दलहरू अझै पनि एकताबद्ध भएर अघि बढनुपर्ने बेलामा एमालेले राजनीतिक तिक्तता ल्याउने खालको टिप्पणी गरिरहेको आरोपसमेत लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर