वातावरण र वन ऐनको संशोधन अपरिहार्य : पेमनारायण कँडेल

वन तथा वातावरण मन्त्रालयका सचिव पेमनारायण कँडेलले वातावरण र वन ऐनको संशोधन गर्नुपर्ने आवश्यक्ता रहेको बताएका छन् । बुधबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालका धेरै ठाउँमा सडकको स्तरोन्नति गर्नुपर्ने आवश्यक्ता रहेको बताए । उनले अहिलेको वातावरण ऐनले अहिलेको आयोजनाको माग र दिगो विकासको माग धान्न नसक्ने बताए ।

उनले वातावरण ऐन र वन ऐनले राष्ट्रिय गौरवका आयोजना नचिन्ने बताए । धेरै ठाउँका सडक स्तरोन्नति गर्नुपर्ने भएकाले एआईए गर्दा धेरै कठिन हुने भन्दै आईई मात्रै गर्दा हुने गरेर अनुसूचीमा परिवर्तन गर्न लागेको उनले बताए ।

उनले एक हप्ताभित्र नै अनुसूची संशोधन गरी मन्त्रिपरिषद्बाट निर्णय गर्ने बताए । सचिव कँडेलले वन तथा वातावरण मन्त्रालयभित्रका कानुनहरू बनाउँदा धेरै छलफल र विश्लेषण गरेर मात्रै बनाउनुपर्ने बताए । हतारमा कानुन निर्माण गर्दा त्यसको प्रभावकारिता लामो समयपछि नदेखिने उनले बताए ।

सचिव कँडेलले राष्ट्रिय गौरवका आयोजना गर्दा सजिलै वन क्षेत्र उपलब्ध गराउने व्यवस्था कानुनमा ल्याउनुपर्ने र यसबारेमा मन्त्रालयले काम गरिरहेको बताए। उनले वातावरण अध्ययनको प्रभावकारिता धेरै देखिन नसकेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर