जापानबाट फर्केपछि प्रचण्डले भने– नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिले रोक्नु हुँदैन

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिले रोक्न नहुने बताएका छन् ।

पाँच दिने जापान भ्रमणबाट बुधबार नेपाल फर्किने क्रममा त्रिभूवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष दाहालले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले रोक्न नहुने बताएका हुन् । उनले नागरिकता प्रमाणीकरणका लागि ढिलो गर्नु नहुने पनि बताए ।

त्यस्तै अध्यक्ष दाहालले जापान भ्रमणका क्रममा लिवरल डेमोक्रेटिक पार्टी जापानका पूर्व महासचिव, वरिष्ठ नेता, पूर्व अर्थ, व्यापार र उद्योगमन्त्री संसद् सदस्य एवं नेपाल–जापान संसदीय समितिका सभापति तोसिहिरो निकाइसँगको भेटमा एकअर्काको सहयोगलाई अभिवृद्धि गर्ने कुरा भएको बताए । उनले आफूले सो भेटमा नेपालको फोहोर व्यवस्थापनका लागि र टनेलका लागि जापानको सहयोग मागेको बताए ।

जापानले नेपालमा कृषि, पर्यटन, पूर्वाधार निर्माणलगायतको क्षेत्रमा लगानी बढाउन पनि आफूले आग्रह गरेको उनको भनाइ छ ।

उनले आफ्नो जापान भ्रमण राम्रो भएको प्रतिक्रिया दिए । उनले आफ्नो भ्रमणका क्रममा जापानमा रहेका नेपालीहरू र जापानी अधिकारीहरूको पनि सक्रिय सहभागिता रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर