पुँजीको लागत बढिरहेको छ, उद्योगको बाटो सहज छैन : अध्यक्ष गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगीहरूलाई काम गर्ने वातावरण मिलाइदिन सरकारसँग आग्रह गरेका छन् ।

बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघबीच भएको समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो आग्रह गरेका हुन् ।

उनले हस्ताक्षरसँगै निजी क्षेत्र अब सरकारसँग जोडिएकाले अब निजी क्षेत्र र सरकार मिलेर रोजगारी र व्यवसाय विकासमा जोड दिने बताए । अध्यक्ष गोल्छाले उद्योगीहरूले गर्ने लगानीलाई सहज बनाइदिन र उत्पादन गरेको वस्तुलाई अवरोध नगरिदिन आग्रह गरे ।

उनले रोजगारीलाई सहजीकरण गर्न, निर्यातलाई प्रोत्साहन गर्न, पर्यटकलाई स्वागत गर्न र राजस्व तिरेपछि पनि अपमान नगर्न सरकारसँग आग्रह गरे । उनले निजी क्षेत्रले सम्मानपूर्वक पाउने हक अधिकारको सम्मान गर्न पनि सरकारसँग आग्रह गरे ।

उनले समस्याको समाधानका लागि स्थायी संयन्त्र बन्ने बताए । उनले पुँजीको लागत बढिरहेकाले उद्योगको बाटो सहज नभएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर