युवा शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्ती देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा रहेको युवा शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

शुक्रबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषद्ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुुन् । उनले युवा वर्गमा मुलुकभित्र रहेको शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न आवश्यक देखिएको पनि बताए ।

प्रधानमन्त्री देउवाले युवाकेन्द्रित गतिविधिहरूको कार्ययोजना निर्माण तथा कार्यसम्पादन कार्यभार युवा परिषद्ले गर्नुपर्ने बताए । उनले सरकारले उद्यमशीलता विकास र युवालाई रोजगारी प्रवर्द्धन, विकास निर्माणमा युवा सहभागिता, युवा वर्गको नेतृत्व विकासलगायत विभिन्न क्षेत्रमा काम गर्दै आएको बताए ।

प्रधानमन्त्री देउवाले धेरै युवालाई विकास निर्माण तथा उद्यमशीलतामा सहभागिता गराउन आवश्यक रहेको बताए । उनले युवालाई जीवन उपयोगी सीप र सिकाइ स्वदेशमा नै सहज रूपमा जीवीकोपार्जन गर्नसक्ने बनाउनुपर्ने बताए ।

प्रधानमन्त्री देउवाले युवालाई विकास निर्माणमा सहभागिता गराउन अन्तरपुस्ता सीप हस्तानान्तरणलगायतका कार्यलाई थप प्रभावकारी बनाउनुपर्ने बताए ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर