देशलाई सुखी र समृद्ध बनाउने जिम्मा युवाहरूको काँधमा आएको छ : मन्त्री गहतराज

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले देशलाई सुखी र समृद्ध बनाउन विकासको गतिलाई बढाउन आवश्यक रहेको बताएका छन् ।

शुक्रबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषद्को कार्यक्रममा बोल्दै मन्त्री गहतराजले देशलाई सुखी र समृद्ध बनाउने जिम्मा युवाहरूको काँधमा आएको बताएका हुन् ।

उनले अहिलेका युवाले राजनीतिक परिवर्तनको आन्दोलनको लागि रगत बगाउनु पर्ने अवस्था नभएको बताए । मन्त्री गहतराजले अब युवाहरूको जिम्मेवारी र दायित्व देशको विकास गरेर समृद्ध बनाउनु भएको उनले बताए ।

मन्त्री गहतराजले मुलुकलाई समृद्ध बनाउने अभिभारा अहिलेका युवा पुस्ताले आत्मसात गरेर अघिल्लो नेतृत्वलाई गाली गर्न नहुने बताए । उनले अघिल्लो नेतृत्वले स्थापित गरेको प्रणालीलाई गर्व गर्दै युवाहरूले समृद्धिको चरण पार गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *