स्वदेशमै उत्पादित वस्तुहरूको उपयोगमा जोड दिऔं : मन्त्री रेग्मी

१९ औं डाबर बाटिका तीज फेष्टिबल सृजनशील महिला उद्यमी मेला–२०७९’ सुरु भएको छ । शुक्रबार काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड बल्ड टे«ड सेन्टरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीको उपस्थितिमा सो मेलाको शुभारम्भ भएको हो ।

महिला सृजनशील केन्द्रले महिला उद्यमीहरूले उत्पादन गरेका सामानहरूको बजारीकरणका लागि सहयोग गर्ने मुख्य उद्देश्यका साथ यो मेला आयोजना गरेको मेला व्यवस्थापनको जिम्मेवारी लिएको राइजिङ नेपाल प्रालिका प्रबन्ध निर्देशक पशुपति केसीले बताए ।

५ दिनसम्म चल्ने मेलामा महिला उद्यमीले उत्पादन गरेका घरेलु वस्तुहरूको बिक्री वितरण गरिनेछ । महिला उद्यमीहरूले उत्पादन गरेका घरेलु वस्तुहरुको प्रवर्द्धन गरी उनीहरूलाई वित्तीय पहुँच बढाउन पनि मेला उपयोगी हुने केसीले विश्वास व्यक्त गरे ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रेग्मीले स्वदेशमा उत्पादित वस्तुहरूको उपयोग गर्न आम उपभोक्ताहरूलाई आह्वान गरेकी छन् । सो मेलाको अवलोकन गरेपछि उनले सञ्चारकर्मीहरूमाझ संक्षिप्त प्रतिmक्रिया दिँदै महिला दिदीबहिनीहरूले गुणस्तरीय वस्तु उत्पादन गरेको पाइएको उल्लेख गर्दै विदेशी वस्तुभन्दा स्वदेशमै उत्पादन भएका वस्तुहरूको उपयोग गर्न सबैलाई आग्रह गरेकी हुन् ।

मन्त्री रेग्मीले महिला दिदीबहिनीहरूले सञ्चालन गरेका उद्यममा उत्पादित सामानहरू गुणस्तरीय भएकाले त्यसले बाह्य मुलुकमा पनि सोचेअनुसार नै बजार पाउने र त्यसका लागि आवश्यक विज्ञापन भने गर्नुपर्ने आवश्यकता औंल्याइन् ।

मेलामा नेपालमै उत्पादन गरिएका सारी, कुर्ता, सुरुवाल, चुरा, जुत्ता, चप्पल, झोला आदि प्रर्दशन गरिएको छ । ५ दिनसम्म चल्ने मेलामा करिब १० हजारले अवलोकन गर्ने अपेक्षा गरिएको पनि मेला व्यवस्थापक संस्था राइजिङ नेपाल प्रालिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर