क्यामरूनका एक हजार सैन्य प्रशिक्षार्थीको प्रमाणपत्र नक्कली, भ्रष्टाचार अभियोगमा कारबाही हुने

क्यामरूनमा सैन्य तालिम लिइरहेका झण्डै एक हजार प्रशिक्षार्थीको प्रमाणपत्र नै नक्कली पाइएको छ ।

उनीहरू सबैको प्रमाणपत्र रद्ध गरिएको रक्षामन्त्री जोसेफ बेती असोमोले जानकारी दिएका छन् । उनीहरूलाई भ्रष्टाचार गरेको आरोपमा कारबाही हुने पनि उनले बताए ।

सेनामा सन् २०२२ मा नयाँ भर्ना गर्नका लागि विज्ञापन आह्वान गरिएको र त्यसमा फाराम भरेर सैन्य तालिमका लागि छनौट भइ तालिम लिइरहेकामध्येकै व्यक्तिको प्रमाणपत्र नक्कली भेटिएको हो ।

क्यामरूनको सैनिकका प्रवक्ता सिरिल्ले सेर्ग अतोन्फाक गुएमोले यस्ता गलत कार्य गर्नेहरूलाई सैनिक निकायले स्विकार्न नसक्ने उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत सैन्य निकायको इज्जत र निष्ठामा आँच नआउनेतर्फ आफूहरु सधैं उच्च सतर्क रहेको पनि बताएका छन् ।

उनका अनुसार मध्यअफ्रिकी मुलुक क्यामरूनमा सैन्य प्रशिक्षार्थीको प्रमाणपत्र नै नक्कली भेटिएको यो पहिलोपटक हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर