कांग्रेसकाे आमनिर्वाचन केन्द्रित अभियान सर्‍याे

नेपाली कांग्रेसको आगामी प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान सरेको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आमनिर्वाचन लक्षित अभियान भदौ १० देखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । यसअघि उक्त अभियान भदौ २ गतेदेखि सञ्चालन गर्ने तय भएको थियो ।

समितिको बैठकले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवार मनोनयनको औपचारिक पत्र पठाउने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ ।

बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको हो । त्यस्तै बेठकले आगामी मंसिर ४ गते हुने निर्वाचनमा पहिलो हुने निर्वाचित प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा पार्टीका तर्फबाट प्रतिस्पर्धामा उठाउने उम्मेदवारलाई उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्नका लागि पार्टी सभापति देउवालाई जिम्मेवारी प्रदान गरेको छ ।

बैठकले आगामी निर्वाचनको लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्ने र सोसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न पार्टीका केन्दी्रय कार्यालयका मुख्य कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिने निर्णय गरेको पार्टीका सहमहामन्त्री भीष्मराज आङ्दम्बेले बताए ।

उनले आगामी निर्वाचनको प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२(८) (क) (ख) र (ग) बमोजिम तथा प्रदेश सभा सदस्यको प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२(७) (क), (ख) , (ग) र (घ) बमोजिमको प्रक्रिया पुर्‍याइ उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि पार्टीको सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्दी्रय कार्यालयमार्फत निर्देशन गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर