गठबन्धनले जति प्रयास गरे पनि एमालेलाई बहुमत ल्याउनबाट रोक्न सक्दैन : ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा बहुमत आउनका लागि रोक्नका लागि सत्तारूढ गठबन्धनले सक्दो प्रयास गरिरहेको बताएका छन् । अध्यक्ष ओलीले सत्तारूढ गठबन्धनले जति प्रयास गरे पनि नेपाली जनता आफ्नो पार्टीलाई आगामी निर्वाचनमा बहुमत दिन दृढ रहेको दाबी गरे ।

लोकतान्त्रिक शेर्पा संघ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एमालेको नीति र संगठनमा आबद्ध भएर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्ने कुरामा आम जनता दृढ रहेको जिकिरसमेत गरे । सेना र प्रहरीसमेत नेकपा एमालेको नेतृत्वमा मात्रै मुलुक अगाडि बढ्छ भन्ने विश्वासमा रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसबाट सत्तारूढ गठबन्धन अत्तालिएर गठबन्धन विस्तारको प्रयासमा लागि रहेको आरोप लगाए ।

अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमाले विजयी हुनैपर्ने बताए । देशलाई माथि उठाउनका लागि एमालेको विकल्प नभएको उनको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर