साहित्य, कला र संगीत क्षेत्रको विकासमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले साहित्य, कला र संगीत क्षेत्रको विकासमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

प्रधानमन्त्री देउवाले साहित्य, कला र संगीत क्षेत्र मुलुकको गहना भएकाले त्यसको विकासका लागि सरकारले विभिन्न प्रतिष्ठानहरूको गठन गरी काम गरिरहेको पनि स्मरण गराए ।

प्रतिभा राणाद्वारा लिखित ‘गहिर्‍याइ’ र ‘कर्टेन अफ माया’ नामक कविता संग्रहको शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा विमोचन गर्दै उनले पुरुष वर्चश्व रहेको नेपाली साहित्यमा महिला साकित्यकारहरूको उपस्थिति बढ्दै गएकोमा खुसी व्यक्त गर्दै उनीहरूलाई अझै प्रोत्साहित गर्दै लैजानुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री देउवाले नाताले सासूआमा भए पनि राणाले कविता लेख्छिन् भन्ने कुरा आफूलाई थाहा नभएको बताए । प्रधानमन्त्री देउवाले राणाका दुवै कविता संग्रह मानवीय भावनालाई रोचक र कलात्मक ढंगले प्रस्तुत गर्न सफल भएको अनुभूति आफूलाई भएको बताए ।

कार्यक्रममा राजनीतिज्ञ, कूटनीतिज्ञ र समाजसेवीको पहिचानसमेत बनाएकी साहित्यकार राणाले आफूले अनुभूति गरेका कामहरूले दुईवटा कविता संग्रहको जन्म गराएको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर