वर्तमान सरकारको कुनै औचित्य छैन : प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वर्तमान सरकारको कुनै औचित्य नभएको टिप्पणी गरेका छन् । खराब ठेकेदार, मिटरब्याजीदेखि त्राहिमाम हुने, खराब उद्योगी, व्यापारी, मिसावट गर्ने कालाबजारी, तस्करदेखि डराएकाले सरकारको औचित्य नभएको उनको भनाइ छ ।

आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद सुवालले काठमाडौंका धेरैवटा सडक निर्माणको काम अलपत्र पारेर बसेको निर्माण कम्पनी शैलुङ कन्सट्रक्सनलाई अविलम्ब आफूले जिम्मा लिएको ठेक्काको काम पूरा गराउन पनि सरकारसँग माग गरे । मिटरब्याजीले डेढ लाख ऋणको ८० लाख ब्याज असुलेको भए पनि वर्तमान सरकारले उनीहरूमाथि कारबाहीको कुनै पनि ठोस कदम चाल्न नसेकेकोमा उनले आक्रोश व्यक्त गरे ।

सांसद सुवालले सरकारमा गइसकेका राजनीतिक दलहरूको सरकारले काठमाडौं उपत्यकामा देखिएको फोहोरमैला, धुवाँधुलो र प्रदूषणको समस्या समाधान गर्न नसक्ने दाबी गरे ।

सांसद सुवालले सांसदहरूले नै कर्जा प्रवाहमा हालीमुहाली गरेको देखिएको आरोप लगाउँदै सो सम्बन्धमा तत्काल छानबिन गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर