मसँग उपचारका लागि पनि पैसा छैन : ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको सरकारले राजनीतिलाई दुश्मनीतिर लैजान खोजेको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले कहिले जातका नाममा, कहिले भूगोलका नाममा नेपालीलाई भिडाउन खोजिएको बताए । उनले अहिलेको नेपाली समाजलाई स्वस्थ प्रतिस्पर्धातिर लैजानुपर्ने बताए ।

अध्यक्ष ओलीले जातको पहिचान खोज्ने नभइ सबै नेपालीले नोपली पहिचान खोज्न आवश्यक रहेको बताए । उनले जातको पहिचानको नाममा एकले अर्कोलाई घृणा गर्ने परिपाटीको अन्त्य गर्नुपर्ने बताए । अध्यक्ष ओलीले नेपालीलाई अनेक प्रकारका जातीयताका नाममा विभाजन गर्न खोजिएको बताए ।

आफूसँग स्वास्थ्योपचारका लागिसमेत पैसा नभएको बताए । उनले आफ्नो र आफ्नो श्रीमतीको नाममा रहेको सबै सम्पत्ति मरणोपरान्त राज्यको नाममा समर्पित गरिसकेको बताए ।
घरघडेरी बेचेर उपचार गर्छु भन्न पनि मिल्ने अवस्था नरहेको बताए । उनले यो सबै आफ्नो कर्म देशका लागि समर्पित रहेकाले देशकै लागि सम्पत्ति दान गरेको बताए ।

अध्यक्ष ओलीले आफ्नो समर्पण सक्रिय किसिमको रहेको बताए । उनले देशको विकासका लागि काम गर्दा विरोधीहरूले काम गर्न नदिएको भन्दै देशको विकास र समृिद्धको अभियानमा अघि बढिरहने प्रतिबद्धता जनाए । उनले कुनै पनि युवाभन्दा आफू सक्रियतामा कम नरहेको दाबी गरे ।

अध्यक्ष ओलीले राजनीतिक दलले युवालाई महत्त्व नदिएको भन्ने कुरा सत्य नरहेको जिकिर गरे । उनले नेकपा एमालेले काठमाडौं महानगरपालिकामा २९ वर्षको उपमेयर बनाएको उल्लेख गर्दै अन्य पार्टीलाई २९ वर्षका युवालाई उम्मेदवार बनाउने हिम्मत गरेर देखाउन चुनौती दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर