सरकार बिचौलियाहरूबाट कमाउने धन्दामा लागिपरेको छ : यज्ञराज सुनुवार

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद यज्ञराज सुनुवारले सरकार बिचौलियाहरूबाट कमाउने धन्दामा लागिपरेको आरोप लगाएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले नेताहरू चुनावका लागि चन्दा संकलनमा व्यस्त रहेको, कर्मचारीहरू कमिशनमा चलेको, ठेकेदारहरू कामै नगरी कमाउने धन्दामा लागेको भन्दै आपत्ति जनाए ।

सांसद सुनुवारले ढिलासुस्ती र कमजोरी काम गर्ने ठेकेदारहरूलाई कारबाही हुनेगरी कानुनी व्यवस्था गर्न तत्काल सार्वजनिक खरिद ऐन संशोधन गर्न पनि सरकारको ध्यानाकर्षण गराए । आफूले प्रतिनिधित्व गरेको ओखलढुंगा जिल्लामा समेत विकास निर्माणका कामहरूमा ढिलाइ हुँदा पनि सरकारले कुनै चासो नदिएको उनको गुनासो छ ।

सांसद सुनुवारले पुलपुलेसाहरूको आवश्यक व्यवस्था सरकारले मिलाउन नसक्दा जनता मारमा परिरहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर