वैदेशिक रोजगारीबाट फर्केकाहरूका लागि पुनःएकीकरण कार्यक्रम तत्काल कार्यान्वयन हुन्छ : मन्त्री कुवँर

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुवँरले सरकारले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूको लागि पुनःएकीकरण कार्यक्रम तत्काल कार्यान्वयन गर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूको लागि पुनःएकीकरण कार्यक्रममा कार्यान्वयन विषय परामर्श गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारले उक्त कार्यक्रममा वैदेशिक रोजगारदाताहरूको सहयोग, अनुदान र लगानीमा आकर्षित गर्नेगरी प्रावधानहरू राखिएको बताए । मन्त्री कुवँरले वैदेशिक रोजगारबाट फर्किएका तर पुँजी नभएका श्रमिकहरूलाई पनि यो कार्यक्रममा समावेश गरेर अगाडि बढ्ने बताए ।

उनले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूको लागि पुनःएकीकरण कार्यक्रमप्रति अहिले नै नकारात्मक कुरा गर्न राम्रो नहुने बताए । कुवँरले कार्यक्रम कार्यान्वयनमा नआइ नकारात्मक कुराहरू गर्दा अरुण तेस्रो जलविद्युत आयोजनाजस्तै हुने उदाहरण दिए ।

मन्त्री कुवँरले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिह्को लागि पुनःएकीकरण कार्यक्रम कार्यान्वयन गर्न सबै मिलेर लाग्न आवश्यक रहेको बताए । उनले वैदेशिक रोजगारबाट नेपाल फर्केर उद्यम गरिरहेकाहरूसँग पनि समन्वय गरेर कार्यक्रम कार्यान्वयनमा लैजाने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *