नागरिकता विधेयक प्रमाणीकरणमा जसपाको प्रश्न : राष्ट्रपति राष्ट्रको हुन्छ कि कुनै पार्टी विशेषको ?

जनता समाजवादी पार्टी, नेपालकी सांसद लिलादेवी सिटौलाले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै आपत्ति जनाएकी छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद सिटौलाले विगतमा केपी ओली नेतृत्वको सरकारले नागरिकतासम्बन्धी अध्यादेश ल्याउँदा राष्ट्रपतिले प्रमाणीकरण गरेको तर अहिले संसद्बाट पारित भएको विधेयकलाई प्रमाणीकरण नगरेको भन्दै आपत्ति जनाएकी हुन् ।

उनले राष्ट्रपति राष्ट्रको हुन्छ कि कुनै पार्टी विशेषको हुन्छ ? भन्ने प्रश्नसमेत गरिन् । उनले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिको ध्यानाकर्षण गराइन् ।

उनले देशका अगुवा नेताहरूको जुँगाको लडाइँका कारण देश अस्थिर भइरहेको बताइन् । उनले देशको परराष्ट्र नीति पार्टीपिच्छे फरक रहेको भन्दै देशको परराष्ट्र नीति एउटै हुनुपर्ने बताइन् । परराष्ट्र नीति एउटै भएमात्रै देश स्थिर रूपले अगाडि बढ्न सक्ने उनकाे भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर