शेयर बजारको ओरालो यात्रा : नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा गिरावट आएको छ । आइतबार नेप्से सूचक २७.९२ अंकले घटेर २०१०.०१ बिन्दुमा झरेको छ ।

त्यस्तै सेन्सेटिभ इण्डेक्स ४.७६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ं७५ अंकले घटेको छ ।

आइतबार कारोबारमा आएका २२७ कम्पनीको ४५ लाख ५९ हजार २२ कित्ता शेयर १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८९७ रुपैयाँ बराबरको कारोबार भएको छ । अन्य दिनको भन्दा आइतबार कारोबार रकममा समेत गिरावट आएको हो ।

नेप्सेका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन् । जसमा उत्पादन तथा प्रशोधन उपसमूह, फाइनान्स उपसमूह, जीवन बीमा उपसमूह, लगानी उपसमूह तथा व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै घटेको छ ।

नेप्से परिसूचकमा गिरावट आए पनि आइतबार अपर हेवाखोला हाइड्रोपावरको शेयर मूल्य ८.१० प्रतिशतले बढेको छ । त्यस्तै कालिका पावरको २.८८ प्रतिशत, सामलिङ पावरको २.४४ प्रतिशत र जालपा लघुवित्तको शेयर मूल्य २.०१ प्रतिशतले बढेको छ ।

तर, यता गुराँस लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ७.०९ प्रतिशतले घटेको छ भने हिमालयन डिस्टिलरीको ६.१० प्रतिशले घटेको छ । आइतबार हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै १६ करोड ५१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *