मेडिकल कलेजहरू निरुत्साहित छन्, सरकारले प्राथमिकतामा राख्नुपर्छ : चन्द्रप्रसाद ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले प्राथमिक तहको स्वास्थ्य जनशक्ति उत्पादन गर्ने मेडिकल कजेलहरूलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

सोमबार नेपाल उद्योग वाणिज्य महसंघले काठमाडौंमा आयोजना गरेको स्वास्थ्य बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले स्वास्थ्यसँग सम्बन्धित प्राविधिक ज्ञान लिने जनशक्तिहरू उत्पादन गर्ने मेडिकल क्षेत्र निरुसाहित भएको भन्दै सरकारले त्यस्ता कलेजहरूलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् ।

उनले सरकारले ७५३ वटै स्थानीय तहहरूमा प्राथमिक तहको स्वास्थ्य पूर्वाधार पुर्‍याउन जरुरी रहेकाे बताए । ढकालले नेपालमा स्वास्थ्य प्राविधिकहरूको अत्यधिक आवश्यकता रहेको बताए ।

वरिष्ठ उपाध्यक्ष ढकालले स्वास्थ्य बीमामा भुक्तानी प्रणालीमा केही कमजोरीहरू रहेको भन्दै त्यस्ता विषयहरू सुधार गर्नुपर्ने देखिएको बताउ । उनले स्वास्थ्य बीमा कार्यक्रममालाई डिजिटल रूपमा अगाडि बढाए मात्रै स्वास्थ्य बीमामा राज्यले लिएको उद्देश्य पूरा हुनसक्ने दाबी गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर