स्वास्थ्य बीमा सरकारको कार्यक्रम हो, अस्पतालहरूले भुक्तानीको चिन्ता लिनु पर्दैन : मन्त्री खापुङ

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले अस्पतालहरूले स्वास्थ्य बीमाबापतको रकम भुक्तानीको विषयमा चिन्ता लिन आवश्यक नभएको बताएका छन् ।

सोमबार नेपाल उद्योग वाणिज्य महसंघले काठमाडौंमा स्वास्थ्य बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री खापुङले स्वास्थ्य बीमा राज्यको कार्यक्रम भएकाले अस्पतालहरूले स्वास्थ्य बीमाबापतको रकम भुक्तानीको विषयमा चिन्ता लिन आवश्यक नभएको बताएका हुन् ।

उनले अहिले स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्नको लागि मन्त्रालय तयार रहेको पनि बताए । मन्त्री खापुङले स्वास्थ्य बीमा बापतको रकम भुक्तानीको लागि सरकारी र निजी अस्पतालहरूका कमीकमजोरी देखिएको बताए ।

उनले स्वास्थ्य बीमा गर्ने व्यक्तिहरूले समेत बीमा गरेकै छु भनी आवश्यकताभन्दा बढी प्रयोग गर्न खोजेकाले पनि समस्या आएको गुनासो गरे । मन्त्री खापुङले स्वास्थ्य बीमा कार्यक्रमको उद्देश्यअनुसार सत्यतथ्यमा आधारित भएर अगाडि बढ्नुपर्ने आवश्यकता देखिएको बताए ।

उनले सरकार स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित बनाएर सबै जनतामा पुर्‍याउने र बीमा रकम वृद्धि गर्ने विषयमा राज्यमन्त्रीको नेतृत्वमा सुझाव कार्यदल बनाएर अगाडि बढेको जानकारी दिए । ।

मन्त्री खापुङले अस्पतालहरूमा डाक्टरको अभाव रहेको बताए । उनले अस्पतालहरूमा डाक्टरहरूको अभाव रहे पनि धेरै डाक्टरहरू बेरोजगारी पनि रहेको बताए । मन्त्री खापुङले धेरै डाक्टरहरूले एमबीबीएस, डेण्टलमा विशिष्टता हासिल गरे पनि मन्त्रालयमा आउने उनीहरूलाई दुर्गम क्षेत्रमा काम गर्न जाँदा कोही तयार नभएको गुनासो गरे ।

मन्त्री खापुङले काठमाडौंमा डाक्टर अत्याधिक भएपनि काम केही नभएको बताए । उनले दरबन्दी र काम नभएको आर्यघाटमा समेत ७ जना डाक्टर रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर