वामदेव र बाबुराम माओवादीको चुनाव चिह्नमा निर्वाचन लड्ने

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह लिएर आगामी संघीय संसदको निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

मंगलबार (माओवादी केन्द्र) को केन्द्रीय पार्टी कार्यालयमा बसेको पार्टीको स्थायी कमिटीको बैठकले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमलाई आगामी संघीय निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्नमा निर्वाचन लड्न दिने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा पार्टीका प्रवक्ता कृष्णबहादुर महराले आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न हासिया हतौडामा चुनाव लड्नको लागि स्वीकृति दिएको बताए । उनले दुवै नेताले राखेका केही शर्तहरूका बारेमा भने बुधबार छलफल हुने बतए ।

उनले नेता भट्टराई र गौतमले राखेको शर्तका बारेमा गठबन्धनभित्र पनि छलफल गरेर टुंगो लगाउने निर्णय भएको बताए ।

‘नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक बसेको छ । हामी भोलि बिहान फेरि बैठक बस्छौं,’ उनले भने, ‘राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम, अर्को पार्टीको बाबुराम कमरेडले हाम्रो नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट आगामी संसदीय चुनाव लड्ने विचार व्यक्त गर्नुभयो । त्यसको हामी स्वागत गर्दछौं ।’

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको अर्को बैठक बुधबार बिहान बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *