प्रतिनिधि सभाबाट सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित

सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रतिनिधिसभाबाट पारित भएको छ ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले निर्णयार्थ पेस गरेको सो विधेयक बहुमतले पारित भएको हो । यसअघि श्रावण २९ गते आइतबार गणपूरक संख्या नपुगेकाले प्रतिनिधि सभाबाट सो विधेयक अगाडि बढ्न सकेको थिएन ।

सार्वजनिक वित्त व्यवस्थापन गर्न र वित्तीय तथा मौद्रिक नीतिबीच सामञ्जस्यता कायम गर्दै आन्तरिक तथा बाह्य ऋणको व्यवस्थापन गर्न ऋण तथा जमानतसम्बन्धी कानुनी व्यवस्थालाई संशोधन र एकीकरण गरी समयानुकूल बनाउन सो विधेयक ल्याइएको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले सो विधेयक प्रमाणित हुनेबित्तिकै लागू हुने जानकारीसमेत दिए । अब यो विधेयक राष्ट्रिय सभामा जानेछ । र, त्यहाँबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कानुनको रूपमा लागू हुनेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *