दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई कारबाही गर्न सांसदको माग

सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई कारबाही गर्न सरकारसँग माग गरेकी छन् ।

गृह मन्त्रालयको निर्देशनअनुसार नागरिकतामा आफ्नो नाम सच्याउन पुगेका कर्णबहादुर कामीमाथि जातीय विभेदलाई प्रश्रय दिनेगरी अपमानपूर्वक व्यवहार गरेको भन्दै सांसद परियारले प्रमुख जिल्ला अधिकारी प्याकुरेललाई तत्काल कारबाही गर्न सरकारसँग माग गरेकी हुन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले कानुनभन्दा आफूलाई माथि राखी दलितमाथि दुर्व्वहार गर्ने प्रमुख जिल्ला अधिकारी प्याकुरेलले गृह मन्त्रालयको निर्देशनलाई समेत पालना नगरेर जातीय दम्भ देखाएको भन्दै आक्रोश व्यक्त गरिन् ।

सांसद परियारले लोकतन्त्रमा कर्मचारीहरू शासक नभई जनताको सेवक हुने भएकाले उनीहरूले जनसेवाको काम नगरे सरकारले तत्काल कारबाही गर्नुपर्ने पनि बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर