एकै चुनाव चिह्नका लागि माओवादी र नेसपाले दिए आयोगमा निवेदन

नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले संयुक्त रूपमा दल दर्ता गरेका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनार्थ मंगलबार निर्वाचन आयोग पुगेर संयुक्त रूपमा दल दर्ता गरेका हुन् । दुवै पार्टीबीच आगामी निर्वाचनमा एकै चिह्नबाट चुनाव लड्ने सहमति भएको थियो । मंगलबार बिहान नेकपा (माओवादी केन्द्र) को केन्द्रीय पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादीको स्थायी कमिटी बैठकले डा. बाबुराम भट्टराईलाई पनि आफ्नै दलको चुनाव चिह्नमा चुनावमा प्रतिस्पर्धा गर्न दिने निर्णय गरेको थियो ।

नेसपा अध्यक्ष डा. भट्टराई र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी संघ र प्रदेश सभा सदस्यको निर्वाचनमा एउटै चुनाव चिह्ह लिएर प्रतिस्पर्धामा जाने कुरालाई दुवै पार्टीले समर्थन गरेका थिए । दल दर्ताका लागि मंगबालर दिउँसो नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीका नेताहरू निर्वाचन आयोगमा पुगेका थिए ।

आयोगले साउन २२ देखि ३१ गतेसम्मका लागि दल दर्ताको समय दिएको थियो । यस समयभित्र कतिपय दल दर्ता भइसकेका छन् भने बाँकी दल मंगबारसम्म दर्ता हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर