नेप्से परिसूचकमा २४.८३ अंकको गिरावट

सोमबार एकैदिन उच्च अंकले बढेको नेप्सेमा मंगलबार गिरावट आएको छ ।

मंगलबार नेप्से सूचक २४.८३ अंकले घटेर २०४१.०६ बिन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ३.७५ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१५ अंकले घटेको छ ।

मंगलबार कारोबारमा आएका २२१ कम्पनीको ६४ लाख ६ हजार ७३८ कित्ता शेयर २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५७ रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबारको तुलनामा मंगलबार कारोबार रकम भने वृद्धि भएको छ । सोमबार २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६११ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

मंगलबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन् । जसमा हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै ३.१८ प्रतिशतले घटेको छ । त्यस्तै,फाइनान्स र विकास बैंक उपसमूहको सूचक पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

नेप्से परिसूचकमा गिरावट आए पनि मंगलबार अपर हेवाखोला हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै स्वाभिमान लघुवित्तको ४.०२ प्रतिशत, हिमालयन बैंकको १.९० प्रतिशतले बढेको छ ।

तर,यता युनिलिभरको शेयरमूल्य सबैभन्दा धेरै ५.६२ प्रतिशतले घटेको छ । दोर्दी खोला जलविद्युतको ५.५१ प्रतिशत र हिमालयन उर्जा हाइड्रोपावरको ५.३२ प्रतिशतले घटेको छ । मंगलबार रिडी हाइड्रोपावरको सबैभन्दा धेरै ४० करोड, ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर