दर्ताका लागि निवेदन दिएका दलहरूको जाँच बुधबारबाट

निर्वाचन आयोगले निर्वाचन प्रयोजनार्थ आयोगमा दर्ताका लागि निवेदन दिएका सबै दलको बुधबारबाट जाँच गर्ने भएको छ । मंगलबार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन गर्न पुगेका दलहरूको बारेमा जानकारी गराउँदै आयोगले यस्तो बताएको हो ।

सञ्चारकर्मीसँगको कुराकानीमा निर्वाचन आयोग, नेपालका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन प्रयोजनार्थ आयोगमा दल दर्ताको निवेदन दिएका सबै दलहरूको बुधबारबाट जाँचपरक गर्ने, हेर्ने, कानुनबमोजिम छन् कि छैनन्, प्राप्त गर्नुपर्ने सबै कागजात छ कि छैन भन्ने कुराको परीक्षण सुरु हुने बताए । उनले सबै कुराको परीक्षण गरेर दलहरूलाई दर्ताका लागि आयोगमा पेस गर्ने काम सुरु हुने बताए ।

प्रवक्ता पौडेलले संयुक्त निर्वाचन चिह्न लिएर चुनावमा प्रतिस्पर्धा गरेपनि निर्वाचनपछि भने सबैभन्दा बढी सिट ल्याउने दलको नाममा संसदीय दल गठन हुने बताए । उनले चुनावमा कुनै एउटा चिन्हबाट प्रतिस्पर्धा गरेको भए पनि निर्वाचनपछि चुनाव चिह्न लिएको दलको भन्दा अर्को पार्टीले बढी सिट ल्याएमा बढी सिट ल्याएको पार्टीको नाममा संसदीय दल गठन हुने बताए ।

उनले पार्टीमा सदस्य फरकफरक भए पनि संसदीय दल भने एउटै रहने बताए । उनले संसदीय दलको ह्वीप यदि मानेनन् भने त्यसमा सदस्यता नरहनेसम्मको कानुनी व्यवस्था रहेको उल्लेख गरे ।

प्रवक्ता पौडेलले मतदाता नामावली अद्यावधिकको काम अहिले ७७ वटै जिल्लामा भइरहेको बताए । उनले निर्वाचन आयोगले अहिले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको पर्यवेक्षणको लागि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू पनि आह्वान गर्न लागेको बताए । निर्वाचनका लागि चाहिने सामग्रीहरू टेण्डरको लागि पनि काम भइरहेको उनले बताए । उनले निर्वाचनका लागि चाहिने बजेटको बारेमा पनि छलफल भइसकेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर