माओवादी केन्द्रले बिहीबार पदाधिकारी टुंगो लगाउने

नेकपा (माओवादी केन्द्र) ले पार्टी पदाधिकारीको बिहीबार टुंगो लगाउने भएको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा पदाधिकारीको बारेमा छलफलपछि बिहीबार बस्ने बैठकले पदाधिकारीको टुंगो लगाउने भएको हो ।

बैठकपछि सञ्चारकर्मीरूसँग बोल्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बुधबारको बैठक संगठनसम्बन्धी एजेण्डामा केन्द्रित भएको बताए । उनले केन्द्रीय कमिटीपछि स्थायी कमिटीले टुंगो लगाउनुपर्ने कुरा र केन्द्रीय कमिटीमा थप्नुपर्ने सदस्य, पोलिटब्यूरोमा थप्नुपर्ने सदस्य र पदाधिकारीका बारेमा छलफल सुरु भएको बताए ।

प्रवक्ता महराले बुधबारको बैठकबाट करिब टुंगोमा पुगेको र बिहीबारको स्थायी कमिटीको बैठकले पार्टीमा सबै पदाधिकारीको टुंगो लगाउने बताए । प्रवक्ता महराले पार्टीको स्थायी कमिटीको बैठक बिहीबार बिहान ८ बस्ने जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर