सिट बाँडफाँटको प्रगति विवरण शीर्ष तहमा बुझाउने गठबन्धन कार्यदलको निर्णय

प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँटको मोडालिटी तय गर्ने जिम्मेवारी पाएको सत्तारुढ गठबन्धन कार्यदलले सोसम्बन्धी आफ्नो हालसम्मको प्रगति विवरण शीर्ष तहमा बुझाउने भएको छ ।

कार्यदलको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सिट बाँडफाँटको मोडालिटी निष्कर्ष नजिक पुगेको उल्लेख गर्दै हालसम्मको प्रगति विवरण शीर्ष तहमा बुझाउने निर्णय गरेको हो । अर्को बैठकमा त्यसबारे निर्णयमा पुग्नेगरी हालसम्म भएको प्रगति विवरण शीर्ष तहमा बुझाउने सहमति गरिएको सञ्चारमन्त्रीसमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

शीर्ष तहमा प्रगति विवरण बुझाएपछि बस्ने बैठकले सोबारे आवश्यक निर्णय गर्ने पनि कार्यदलले जनाएको छ । गठबन्धनमा रहेका सबै दलहरूलाई न्याय हुनेगरी मिलाएर सिट बाँडफाँट गर्ने कुरामा आफूहरूबीच सहमति रहेको उल्लेख गर्दै कार्य दल सदस्यसमेत रहेका मन्त्री कार्कीले अब बस्ने कार्यदलको बैठकले त्यसलाई टुंगोमा पुर्‍याउने बताए ।

उनले माओवादी केन्द्रको चुनाव चिह्न हँसिया र हतौडाबाट चुनाव लड्ने सहमति गरेका बाबुराम भट्टराई र बामदेव गौतमलाई दिने सिट संख्याको बारेमा पनि छलफल गरेर सहमतिमा पुग्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर