विद्युत प्राधिकरण र ऊर्जा मन्त्रालयले विद्युतीय गाडीमात्र किन्नुपर्छ : मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मन्त्रालयले अब विद्युतीय सवारी साधनमात्र खरिद गर्नुपर्ने बताएकी छन् । बुधबार काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरणको ३७ औं वार्षिकोत्सवमा बोल्दै मन्त्री भुसालले यस्तो बताएकी हुन् ।

उनले विद्युत प्राधिकरण र ऊर्जा मन्त्रालयले विद्युतीय गाडी मात्र खरिद गर्नुपर्ने बताइन् । मन्त्री भुसालले प्राधिकरणले विद्युतीय चुल्होको प्रयोग बढाउँदै लाने योजनालाई प्रभावकारी ढंगबाट अघि बढाउनुपर्ने बताइन् ।

उनले विद्युत खपत बढाउन विद्युतीय सवारी साधन खरिद गर्ने साथै चार्जिङ स्टेशन बनाउँदै विद्युतीय पूर्वाधारहरुको बिस्तारलाई तीव्र रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताइन् ।

मन्त्री भुसालले धेरै विद्युत उत्पादन गर्न नसकिने मिटर जोड्न महिनौं लगाउने प्राधिकरणका कर्मचारीहरूलाई कारबाही गर्न निर्देशन दिइन् । उनले मन्त्रालयका मन्त्री र कर्मचारी विद्युत खपत बढाउन अनुरोध गर्दै मिटर जोड्ने कामलाई महिनाैं लगाउने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताइन् ।

मन्त्री भुसालले निजी क्षेत्रले भोगेका समस्यामा सरकार गम्भीर रहेको बताइन् । उनले सरकार विद्युत उत्पादनको क्षेत्रमा निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढेको बताइन् ।

मन्त्री भुसालले प्राधिकरण विद्युत सम्झौता गरेका ३ हजार २ सय मेगावट जलविद्युत निर्माणधिन अवस्थामा रहेको भन्दै सरकारसँग सम्झौता गरेर विद्युत उत्पादन नगरी खोला नदी ओगट्ने कम्पनी निषेध गर्ने नीति लिएको बताइन् । मन्त्री भुसालले प्राधिकरणका कर्मचारीको लागि ५२ महिनाको जीवन बीमाको व्यवस्था गर्ने र ज्यालामा काम गर्ने कर्मचारीलाई मासिक ज्यालादारी कर्मचारी बनाउने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर