नेपाललाई प्रविधि निर्यात गर्ने देश बनाउनुपर्छ : मन्त्री कुँवर

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले प्रविधि निर्यात गर्ने देशको रूप्मा नेपाललाई विकसित गर्नुपर्ने बताएका छन् ।बुधबार सिंहदरबारमा मन्त्रालयमा भएको सामाजिक सुरक्षा कोषको एप्लीकेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री कुँवरले केही समय पहिला सामाजिक सुरक्षा कोष हात बाँधेर बसेको छ भन्नेजस्ता आरोप लागेपनि अब भने सक्रिय भएको बताए । उनले अरूको तुलनामा देशको प्रविधि बिकाउ हुने गरेर मेहनत गर्न आवश्यक रहेको बताए ।

मन्त्री कुँवरले नेपाल अब प्रविधि, पुँजी, सीप भित्र्याउने देश बन्न नहुने भन्दै प्रविधि निर्यात गर्ने देश बन्नुपर्ने बताए । उनले सामाजिक सुरक्षा कोषलाई अझै व्यवस्थित गर्ने, दायरा बढाउने, सामाजिक सुरक्षा कोष सबैको सुरक्षित गन्तव्य हो भन्ने महशुस गराउनुपर्ने आवश्यक्ता रहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर