विकास निर्माणमा अबको भविष्य नगरपालिकाहरूको छ : डा. विश्वनाथ पौडेल

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले विकास निर्माणमा अबको भविष्य नगरपालिकाहरूको रहेको बताएका छन् ।
बुधबार नेपाली कांग्रेसबाट प्रदेश १ का स्थानीय तहका जनप्रतिधिसँगको भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष डा. पौडेलले यस्तो बताएका हुन् ।

उपाध्यक्ष पौडेलले संघीय सरकारले ठूला आयोजनाहरू मात्रै प्राथमिकता गर्ने र साना परियोजनाहरू स्थानीय तहमा नै दिने योजना रहेको बताए । उनले सांसदहरूले सानासाना भित्री सडक बनाउन माग गर्ने प्रावधान हट्ने बताए ।

उनले स्थानीय जनप्रतिनिधिहरूले विपन्नलाई सहयोग गर्नुपर्ने सुझाव दिए । उनले नगरपालिका वा गाउँपालिका क्षेत्रभित्रका विपन्न समुदायहरूलाई सहयोग गरे अर्कोपटक चुनाव लड्न सजिलो हुने बताए । उपाध्यक्ष पौडेलले जनप्रतिनिधिहरूलाई सकेसम्म सबै जनताको बीचमा जान पनि सुझाव दिए ।

उनले स्थानीय तहले बजेट बनाउँदा विषेश बजेटमा ध्यान दिनुपर्ने बताए । उनले ठूला नगरपालिकाहरुले समेत विषेश बजेटअन्तर्गत सडक निर्माणको योजना राखेको भन्दै विशेषमा सडक निर्माणको योजना नपर्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *